स्ववियु निर्वाचन : राप्ती बबईमा मतदान रोकियो

मंगलबार, ७ चैत, २०७९
डिजिटल संस्करण

दाङको राप्ती बबई क्याम्पसमा मतदान कार्य रोकिएको छ। 

अनधिकृत रूपमा परिचयपत्र भेटिएपछि मतदान कार्य रोकिएको हो। दिउँसो २ बजेतिर रोकिएको मतदान कार्य साढे ३ बजेसम्म पनि सुचारु हुन सकेको छैन। 

अहिले मतदान सुचारु गर्नका लागि छलफल भइरहेको छ। नेविसंघले तालाबन्दी गरेका कारण ५ गते क्याम्पसमा मतदान हुन सकेको थिएन। त्यसपछि भएको छलफलले आज मतदान गर्ने मिति तय गरिएको थियो। 

सुझावित समाचार