बर्दियाको जनसेवा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

बर्दियाको बारबर्दिया नगरपालिका– १० मा रहेको जनसेवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जितेको छ।

एमालेनिकट अनेरास्ववियुका उम्मेदवार लक्ष्मीप्रसाद न्यौपानेको नेतृत्वमा प्यानल नै विजयी भएको हो। निर्वाचित न्यौपानेले ७३ मत प्राप्त गर्दा सभापतिका अर्का प्रत्यासी गठबन्धनका उम्मेदवार पूर्णसमित छिनालले ४७ मत प्राप्त गरे।

निर्वाचनमा एक सय २६ मत खसेको क्याम्पस प्रशासनले जनाएको छ। जिल्लाका १० क्याम्पसमध्ये अन्य क्याम्पसमा मतगणना जारी छ।

सुझावित समाचार