संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधससभामा पेस गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई द्वन्द्वपीडितका मागबमोजिम केही परिमार्जन गरेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संसदमा पेस गरेको हो। 

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आजको बैठकमा विधेयक पेस गरेकी हुन्। 

सुझावित समाचार