राष्ट्रपति पौडेलद्वारा कुमारीको दर्शन

शनिबार, ४ चैत, २०७९
डिजिटल संस्करण
राष्ट्रपति पौडेलद्वारा कुमारीको दर्शन

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । शनिबार अपराह्न वसन्तपुर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

राष्ट्रप्रमुख भएपछि कुमारीको दर्शन गर्ने परम्पराअनुसार पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल सडक खाली नगरी वसन्तपुर पुगेका हुन् ।

See More On

सुझावित समाचार