विशाल योगफलतर्फ युएई, अरविन्द शतकनजिक, असिफ खानले बनाए विस्फोटक अर्धशतक

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम खेलमा युएई विशाल योगफलतर्फ अघि बढेको छ । 

नेपाली बलरहरूमाथि हाबी भएका युएईका ब्याटरहरू लगातार ठूला सट खेलिरहेका छन् । ४७औँ ओभरको खेल सकिँदा युएईले पाँच विकेटको क्षतिमा दुई सय ५० रन पूरा गरेको छ । 

आठ रनमा जीवनदान पाएका अरविन्द ९० रन बनाएर खेलिरहेका छन् । उनलाई अब्दुल खानले साथ दिएका छन् । विस्फोटक ब्याटिङ गरिरहेका असिफ खानले ३० बलमै अर्धशतक पूरा गरेका छन् । 

सुझावित समाचार