लगातार विकेट गुमाउँदै युएई, दीपेन्द्रले दिलाए चौथो सफलता

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

विस्फोटक ब्याटिङ गरेका युएईका कप्तान मोहम्मद वसिमको विकेट लिएसँगै नेपाल खेलमा फर्किएको छ । 

युएईले चौथो विकेट पनि गुमाएको छ । दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाए । उनले ११ बलमा तीन रन बनाएका आयन अफ्जल खानलाई गुल्सन झाको हातबाट आउट गराए । 

सुदृढ सुरुवात गरे पनि कप्तान मोहम्मद वसिमलाई गुमाएपछि युएई संकटमा देखिएको छ । टिमको स्कोर ९८ हुँदा दोस्रो विकेटका रूपमा वसिम आउट भएका थिए । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा छक्काको वर्षा गरिरहेका वसिमलाई सन्दीपले पेभेलियन पठाएका हुन् । वसिमले ४९ बलमा ६३ रन बनाए । यसक्रममा उनले ६ छक्का र दुई चौका प्रहार गरे । 

त्यसपछि थप २० रन जोड्दा युएईले तेस्रो विकेटका रूपमा चुन्दनगपोयिल रिजवानलाई सात रनमा गुमायो । भीम सार्कीले फालेको थ्रोमा विकेटकिपर आसिफ शेखले स्टम्प उडाए । 

ताजा अवस्थामा युएईले २८ ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनाएको छ । 

सुझावित समाचार