गन्तव्य : सूर्योदय हेर्न नगरकोट

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

काठमाडौंबाट नजिक र घुम्नका लागि उपयुक्त हिलस्टेसनमध्येको एक नगरकोट हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट काठमाडौंबाट २८ किलोमिटर उत्तरपूर्वमा र भक्तपुर दरबार स्क्वायरबाट १२.५ किलोमिटर टाढा छ । नगरकोट समुद्री सतहबाट दुई हजार ७५ मिटर उचाइमा रहेकाले हल्का चिसो हुन्छ । 

साइटसिनका लागि यो राम्रो स्थान हो । नगरकोटबाट सगरमाथा, धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से, मकालुजस्ता हिमाल र थुप्रै चुचुराहरू नियाल्न सकिन्छ ।

कतिपय पर्यटक काठमाडौंबाट बिहानै नगरकोट गएर बेलुकी फर्कने गर्छन् भने कतिपय एक रात वास बसेर भोलिपल्ट बिहान सूूर्योदय हेर्दै घुमफिर गरेर फर्कने गर्छन् । 
 

See More On

सुझावित समाचार