आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ अन्तर्गत नेपालका लागि निकै महत्वपूर्ण म्याचमा नेपालले पहिलो सफलता पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा जारी युएईविरुद्धको खेलमा ललितनारायण राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
उनले युएईका ओपनर ब्याटर लाक्राको विकेट लिएका छन् । उनले लाक्रालाई बोल्ड गरेका हुन् । आज टस जितेर युएईले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङ गरिरहेको छ ।


आजको खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण छ । आजको खेल जिते नेपाल लिग २ को तेस्रो स्थानमा उक्लिनेछ । त्यसैले आजको खेल जितेर नेपाल आइसिसी पुरुष विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित मैदानमा छ ।
ग्लोबल क्वालिफायर आगामी वर्ष भारतमा आयोजना हुने विश्वकप प्रतियोगितामा पुग्ने ढोका हो ।
आजको म्याच लिग २ को अन्तिम म्याच पनि हो । लिग २ मा रहेका सातमध्ये पाँच देशले सबै ३६–३६ खेल खेलिसकेका छन् ।