दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब २० करोडको कारोबार

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

मंगलबार सामान्य बढेको सेयर बजार आज फेरि  दोहोरो अंकले ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज १४.४४ अंकले घटेर एक हजार नौ सय ३८.६३ विन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि माइक्रोफाइनान्स र विकास बैंक समूहको सेयर उच्च अंकले घटेको छ। 

आज दुई सय ५३ वटा कम्पनीको ३७ लाख १६ हजार कित्ता सेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

सुझावित समाचार