युएईलाई पिएनजीले दियो २३५ रनको लक्ष्य

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ को अन्तिम सिरिजअन्तर्गत अहिले युएई र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा भइरहेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा जारी खेलमा पहिले टस जितेर ब्याटिङ रोजेको पिएनजीले युएईलाई दुई सय ३५ रनको लक्ष्य दिएको छ । पिएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ३४ रन बनायो ।

पिएनजीका लागि कप्तान असद भालाले ६५, नर्मन भानुले ४९ र रिले हेकुरेले ३३ रनको योगदान गरे । ३१ बल खेलेका नर्मन अविजित रहे । उनले पाँच छक्का र एक चौका प्रहार गरी विस्फोटक ब्याटिङ गरे । यस्तै, छैटौँ विकेट गुमेपछि आएका हेकुरेले तुफानी ब्याटिङ गर्दै २२ बलमा ३३ रन बनाए । 

सात एसाेसियट राष्ट्र सम्मिलित लिग– २ मा पिएनजीको यो अन्तिम खेल हो । पिएनजी ३५ खेलबाट ११ अंक बनाएर पुछारमा छ । युएईले भने भाेलि नेपालसँग अन्तिम म्याच खेल्नेछ । ३४ खेल खेलिसकेको युएई ३१ अंकसहित छैटौँ स्थानमा छ । 

सुझावित समाचार