एसएमएल इसुजु कमर्सियल गाडीको फ्री सर्भिस क्याम्प

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

एसएमएल इसुजुका कमर्सियल गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले फ्री सर्भिस क्याम्प सुरु गरेको छ । कम्पनीले विभिन्न छुटसहित ४ चैतसम्म फ्री सर्भिस क्याम्प सुरु गरेको हो ।

काठमाडाैंको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरमा सञ्चालन भइरहेको क्याम्पमा अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको शतप्रतिशत फ्री चेकजाँच गरिने जनाइएको छ । त्यस्तै, सामान्य मर्मत–सम्भारमा लाग्ने लेबर चार्जमा पनि शतप्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

विशिष्टीकृत मर्मत–सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट तथा लुब्रिकेन्टहरूमा १५ प्रतिशत छुट उपलब्ध गराइने उल्लेख छ । स्पेयर पार्टस्हरूमा ५० प्रतिशतसम्मको छुट सुविधाका साथै फ्री सर्भिस क्याम्पमा आउने ग्राहक तथा चालकका लागि विशेष उपहारहरू प्रदान गरिने जनाइएको छ ।   

सुझावित समाचार