कीर्तिपुरमा क्रिकेट क्रेज (फोटोफिचर)

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत अन्तिम सिरिजमा आज नेपाल र युएईबीच खेल भइरहेको छ । सिरिजको दोस्रो खेलमा दुवै देश एक–अर्काविरुद्ध पहिलोपटक उत्रिएका हुन् । 

दुवैका लागि अत्यन्त महत्वपूर्ण रहेको यो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा सयौँ नेपाली पुगेका छन् । त्यसो त नेपाली समर्थक नेपाली राष्ट्रिय टिमका लागि ११औँ खेलाडी बन्ने गरेको चर्चा हुने गरेको छ । 

आजको खेलमा पनि समर्थकले नेपाली खेलाडीलाई त्यसैगरी साथ दिइरहेका छन् । खेलमैदानका दृश्यलाई नयाँ पत्रिकाका फोटोपत्रकार ज्ञानेन्द्र कार्कीले कैद गरेका छन् । 

सुझावित समाचार