संकटका वेला कप्तान रोहितले सम्हाले इनिङ, बनाए आठौँ अर्धशतक

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण
संकटका वेला कप्तान रोहितले सम्हाले इनिङ, बनाए आठौँ अर्धशतक

युएइविरूद्ध रन लिने क्रममा कप्तान राेहितकुमार पाैडेल । तस्बिर : ज्ञानेन्द्र कार्की/ नयाँ पत्रिका

कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । नेपाली ब्याटिङ संकटमा परेका वेला रोहितले संयमित हुँदै महत्वपूर्ण अर्धशतक बनाएका हुन् । 

उनको यो आठौँ अर्धशतक हो । उनले ८४ बलमा सात चौकाको सहायतमा अर्धशतक बनाए । उनले २२ रनको अवस्थामा तीन विकेट गुमेपछि भीम सार्कीसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरे । अहिले रोहितसँगै आरिफ शेख क्रिजमा छन् । यी दुई पनि अर्धशतकीय साझेदारीको नजिक पुगेका छन् । 

सुझावित समाचार