आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ ।
पछिल्लो केही म्याचमा सानदार ब्याटिङ गरिरहेका ओपनर ब्याटर आसिफ शेखलाई शून्य रनमै गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि सस्तैमा गुमाएको छ ।
पछिल्ला केही इनिङमा राम्रो रन बन्न नसकिरहेका वेला आज कुशलबाट लामो इनिङको आशा गरिएको थियो । तर, उनी आयन अफजल खानको बलमा एलबिडल्बू आउट भए । आउट हुनुअघि उनले १५ बलमा आठ रन बनाए ।
त्यसअघि सानदार फर्ममा रहेका आसिफ पाँच बल खेलेर शून्य रनमा आउट भएका थिए । उनी आर्यन लाक्राको बलमा एलबिडल्लू आउट भएका थिए ।
अहिले क्रिजमा कप्तान रोहितकुमार पौडेल र ब्याटर अलराउन्डर कुशल मल्ल छन् ।
गर या मरको अवस्थामा रहेको युएईले आज स्पिनरबाट बलिङ थालेको थियो । दुवै ओपनर त्यही धरापमा परे । आसिफ सीधा विकेटतर्फ आइरहेको बलमा क्रस ब्याट चलाउँदा एलबिडब्लू आउट हुन पुगेका थिए ।
एकदिवसीय मान्यता जोगाउने महत्वपूर्ण मानिएको यो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । तर, पाँच ओभरभित्रै दुवै ओपनर गुमाएपछि ब्याटिङ गर्ने निर्णय गलत साबित हुन पुगेको छ ।