मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको  मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सो कार्यक्रम यही चैत २ देखि नियमित रूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजन र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा साेको निर्माता कि इन्टरटेनमेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौतामा हस्ताक्षर भएको हो । सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहीबार बेलुकी ९ बजे प्रसारण हुनेछ ।

सुझावित समाचार