कम खर्चमै घर सजाउन

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

धेरै खर्च गर्दैमा घर राम्रो देखिन्छ भन्ने होइन । तपाईं आफ्नो सिर्जनशीलतालाई प्रयोग गरेर थोरै बजेटमा पनि घरलाई आकर्षक लुक्स दिन सक्नुहुन्छ । 

भित्तामा सुन्दर रङ तपाईंले सही रङ छनोट गर्नुभयो भने तपाईंको सानो घर पनि आकर्षक र चिटिक्क देखिन्छ । कोठाहरू पनि फराकिलो देखिन्छन् । वालपेपर पनि टाँस्न सकिन्छ । अहिले बजारमा कम मुल्यमै  विभिन्न डिजाइन र रङका वालपेपरहरू पाइन्छन् । 

पुरानो फर्निचर : यदि तपाईंको घरमा प्रयोग भएका फर्निचर पुरानो भएको महसुस भयो भने त्यसलाई फ्याँक्ने काम नगर्नुहोस् । सोफाको कपडा परिवर्तन गर्न सकिन्छ । पुरानो कुर्सीलाई रङ लगाएर नयाँ देखाउन सकिन्छ । 

बेडरुममा र्याक : तपाईंको सुत्ने कोठा सानो छ भने ठाउँअनुसार भित्तामा सानो र्याक राख्न सक्नुहुन्छ । तपाईंले यसमा पुस्तक, मेकअपका सामानलगायतका महŒवपूर्ण सामग्री राख्न सक्नुहुन्छ । 

फेन्सी लाइट : बजारमा विभिन्न किसिमका बत्ती पाइन्छन् । घरको बैठक कोठा र बेडरुममा स्ट्रिङ लाइट प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा राख्नका लागि कम बजेटमा फेन्सी लाइटहरू किन्न सक्नुहुन्छ । 

पुराना बक्स : घरमा रहेका पुराना ठूला बक्स वा कार्टुनलाई रङ लगाएर पुनः प्रयोग गर्न सकिन्छ । त्यसमाथि राम्रो कपडा वा तन्नाले राम्रो डिजाइन गरेर टेबलको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसमा बक्समा केही फुलदानी राख्दा कोठाको सौन्दर्य अझ बढ्छ । 
 

सुझावित समाचार