विद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

बाजुराको बडिमालिका नगरपालिका– ६ कोर्धमा विद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका– ६ कोर्ध फडिल्ला स्थायी घर भएका दलबहादुर बडुवालकी ६ वर्षीया छोरी कमला बडुवाल रहेकी छिन् ।

मृतक बालिका नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोर्धमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन् । ९ बजे घरबाट हिँडेकी कमला घरनजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा खुट्टा चिप्लिएर लडेको बताइएकाे छ ।

मृतक बालिकाको शव  बाटोबाट ५ सय मिटर तल खसेको अवस्थामा दिउँसो १२ बजे फेला परेको उनका आफन्त अमर बडुवालले जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने यस विषयमा हालसम्म जानकारी प्राप्त नभएको जनाएको छ ।

सुझावित समाचार