अहिले रमाएकाहरू दुई महिनापछि रुन्छन् : गोकुल बास्कोटा

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

एमाले नेता गोकुल बाँस्कोटाले अहिलेको सत्तासमीकरण केही महिनामै परिवर्तन हुने दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

‘अहिले रमाउनुभएको छ, अर्को दुई महिनापछि क्वाँ–क्वाँ रुने दिन आउँछ । किनभने त्यहाँ सत्ता छ । त्यहाँ उद्देश्य छैन,’ बाँस्कोटाले भने, ‘३२ सिटले सबैलाई टुप्पीमा समातेर फनफनी रिँगाएपछि अर्कोचाहिँ हेरेर राल काढेर बस्छ ?’

नेपालको राजनीति सत्ताको खेलमा रुमल्लिएको आशय व्यक्त गर्दै उनले नागरिकले पनि परिपक्व राजनीतिक निर्णय लिनुपर्ने उल्लेख गरे । उनले भने, ‘नेपालको पोलिटिक्समा मेच्योर्ड डिसिजन पब्लिकको तहबाट पनि आउनुपर्ने देखिन्छ । पार्टीहरूले पनि च्याँखेदाउको राजनीतिलाई निरन्तरता दिएर त्यसमा रमाएर के पाउनुहुन्छ ?’

सुझावित समाचार