राष्ट्रपति पदका लागि उम्मेदवार बनेका रामचन्द्र पौडेल कांग्रेसले आफ्नो राजनीतिक संघर्षको सही मूल्यांकन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन्।
उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘संघीय तथा प्रदेश सभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ। उहाँहरूले मेरो लामो संघर्षको सही मूल्यांकन गर्नुहुने विश्वास छ।’