ब्रिटिस कलेजको आयोजनामा ‘द टिबिसी बास्केटबल टुर्नामेन्ट २०२३’ सम्पन्न

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टुर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टरनेसनल कलेजले जितेको छ । २६ फ्रेबुअरीबाट सुरु भएको उक्त प्रतियोगितामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए । 

विजेता जेभियर इन्टरनेशनल कलेजले नगद ५० हजार जितेको छ भने उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ । त्यस्तै, प्रतिस्पर्धामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाडौं कलेजका तेन्जिन शेर्पाले जिते ।

उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेसनल कलेजका नृपेश श्रेष्ठले पाए । त्यस्तै उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेसनल कलेजका खेलाडी तेन्जिन भुटियाले जिते । 

त्यस्तै उक्त टुर्नामेन्टको प्रायोजक होन्डा, हाई कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एन्ड मुभ्स रहेका थिए । टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो ।

सुझावित समाचार