भलिबलकी उषा भण्डारीलाई ‘पिपुल्स च्वाइस अवार्ड’

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण
भलिबलकी उषा भण्डारीलाई ‘पिपुल्स च्वाइस अवार्ड’

१९औँ पल्सर स्पोर्टस् अवार्ड वितरण समाराेहमा ‘पिपुल्स च्वाइस अवार्ड’ प्राप्त गरेपछि उषा भण्डारी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

भलिबल खेलाडी उषा भण्डारी ०७८ को सर्वाधिक रुचाइएकी खेलाडी बनेकी छिन् । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आज सार्वजनिक गरेको १९औँ पल्सर स्पोर्टस् अवार्डमा उषाले ‘पिपुल्स च्वाइस अवार्ड’ हात पारिन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरियो ।

यो विधामा भलिबलकी उषासँगै फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट मनोनयनमा परेका थिए ।

यो विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै लोकप्रिय खेल सम्मान हो । 

सुझावित समाचार