यू - १९ विश्वकपमा छनोट हुन नेपालले युएईलाई १९१ रनभित्र रोक्नुपर्ने

यू - १९ विश्वकप छनोट

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

युएईमा जारी आइसिसी यू– १९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाली युवा टिमले युएईलाई एक सय ९२ रनको लक्ष्य दिएको छ । 

४८.५ ओभरमा नेपाल एक सय ९१ रनमा अलआउट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । ८४ बल सामना गरेका देवले एक छक्का र तीन चौका प्रहार गरे । 

यस्तै, ५० बल खेलेका विशालविक्रम केसीले ३८ रन बनाए । अन्य बलरले खासै रन बनाउन सकेनन् । नियमित अन्तरालमा विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो । 

युएईको तर्फबाट ध्रुव पराशरले ३ तथा आयन खानले दुई विकेट लिए । युएई केहीबेरपछि ब्याटिङमा उत्रँदै छ । 

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा आजको खेल जिते नेपाल आगामी वर्ष श्रीलंकामा आयोजना हुने यू– १९ विश्वकप प्रतियोगितामा सीधै छनोट हुनेछ । युएईले जिते उसले पनि सीधै स्थान बनाउनेछ । 

सुझावित समाचार