बेहुलाका लागि यस्तो मेकअप

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

केही वर्षअगाडिसम्म विवाहमा बेहुलाको मेकअपलाई त्यति ध्यान दिएको पाइँदैनथ्यो । मेकअप गर्नुपरे पनि आँखामा गाजल र टीका मात्रै लगाइन्थ्यो । तर, पछिल्लो समय बेहुलालाई सिँगार्ने चलन आएको छ । बेहुलालाई हेभी मेकअप गर्नुपर्दैन । मेकअपसम्बन्धी सामान्य जानकारी भएका व्यक्तिले आफ्नै घरमा बेहुलालाई सिँगार्न सक्छन् । 

- विवाहको केही दिनअघि फेसियल उत्तम उपाय हो । बेहुला वा अन्य पुरुषले पनि फेसियल गर्नुभन्दा एक वा दुई दिनअगाडि सेभिङ गर्नु राम्रो हुन्छ । सेभिङ गर्दा अनुहार काटिने तथा कोरिने सम्भावना हुने भएकाले केही दिनअगाडि गर्दा राम्रो हुन्छ । सेभिङ गर्न नचाहने व्यक्तिले दाह्रीजुँगा काटेर मिलाउनुपर्छ । 

- मेकअप गर्नुभन्दा एक दिनअगाडि आइब्रो मिलाउनुपर्छ । 

- बेहुलाको अनुहार सफा र चम्किलो बनाउनुपर्ने हुन्छ । त्यसका लागि ग्लो फेसियल गर्नुपर्छ । फेसियल गरेको केही घन्टापछि मेकअप गर्नु उत्तम हुन्छ । बेहुलाको मेकअप गर्दा अनुहारको रङअनुसार लाइट कभरेज फाउन्डेसन गर्नुपर्छ । 

- अनुहारमा दाद, पिम्पल, ओपन पोर्स भएकाले मेकअप प्राइमर प्रयोग गरी दाद छोप्ने कन्सिलर प्रयोग गर्नुपर्छ । यस प्रकारका कन्सिलर स्टिक वा पेन्सिल फर्ममा हुनुपर्छ ।

- हल्का फाउन्डेसन प्रयोग गरी त्यसमाथि छालाको रौँअनुसार ट्रान्ससेन्ट पाउडर प्रयोग गर्नुपर्छ । त्यसपछि पाउडर ब्रेन्डर ब्रसले पोलिस गर्दा राम्रो हुन्छ । त्यसपछि ट्रान्सपरेन्ट लिप ग्लस ओठमा लगाउनुपर्छ ।

- आँखामा हल्का गाजल लगाउन सकिन्छ । 

- पुरुषले बेहुला हुँदा टोपी लाउने प्रचलन छ । त्यसैले कपाललाई खासै धेरै मिहिनेत गर्नुपर्दैन । तर, टोपीबाहिर देखिने भागलाई भने जेन्स पार्लरमा गएर मिलाउनु राम्रो हुन्छ । 

See More On

सुझावित समाचार