लागुऔषध ब्राउनसुगरसहित पोखराबाट दुईजना पक्राउ

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

३० ग्राम लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पोखराबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका– १३ बस्ने वर्ष २६ का आशिष थकाली र स्याङ्जा पुतलीबजार नगरपालिका– ६ स्थायी घर भई हाल १३ चिसापानीमार्ग बस्ने वर्ष २७ का सुमन गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

लागुऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खैरो हेरोइन (ब्राउनसुगर)जस्तो देखिने पदार्थ ३० ग्राम, नाइट्रोभ्याट २५ चक्की, डिजिटल तराजु एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको विकले जानकारी ।
 

See More On

सुझावित समाचार