प्रतिनिधिसभा बैठक स्थगित, अब उपराष्ट्रपतिकाे चुनावपछि बस्ने

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ। 

संघीय संसद्को सचिवालयले सूचना प्रकाशित गर्दै आजका लागि बोलाइएको संसद् बैठक विशेष कारणले बस्न नसक्ने भन्दै आउँदो बैठक ५ चैत आइतबार दिनकाे १ बजेका लागि तय गरेको छ।

अब प्रतिनिधिसभाकाे अर्काे बैठक राष्ट्रपतिको निर्वाचन (२५ फागुन) र उपराष्ट्रपतिको (३ चैत) निर्वाचनपछि मात्रै बस्ने भएकाे छ। 

सुझावित समाचार