सिटी एक्सप्रेसमार्फत विदेशबाट पठाएको पैसा आइएमई पेको वालेटमा प्राप्त गर्न सकिने

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

आइएमई पे र सिटी एक्स्प्रेसबाीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गरी पाउनेछन् ।

यो सुविधा केही समयपश्चात् लाइभ हुने र लागू गरेपश्चात् ग्राहक वर्गले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नेछन् । 

ग्राहकलाई विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम सहज तरिकाले प्राप्त गर्न मिल्ने बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीहरूले जनाएका छन् ।

सुझावित समाचार