उपचारका क्रममा बालिकाको मृत्यु भएपछि आफन्त धर्नामा [तस्बिरहरू]

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै आफन्तले हिमाल अस्पतालमा धर्ना दिएका छन् ।

मोरङका गंगा गौतमकी २८ महिने छोरी प्रशंसा गौतमको उपचारका क्रममा ज्यान गएपछि आफन्त धर्नामा बसेका हुन् । उपचारमा संलग्न दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने र अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।

गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबा गंगाले उपचारका लागि हिमाल अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालमा कार्यरत चिकित्सक डा. जयदेव यादवले कुनै परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षरसमेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ ।

सुझावित समाचार