१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिरहरु : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका मृत्यु प्रकरण : चिकित्सकलाई कारबाहीको माग गर्दै हिमाल अस्पतालमा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १३:००:००

२८ महिने बालिका प्रशंसा गौतमको न्यायको माग गर्दै पीडित पक्षले आज पनि नक्सालस्थित हिमाल अस्पतालमा धर्ना दिएका छन् । चिकित्सकको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै पीडित पक्षले अस्पताल परिसरमा धर्ना दिएका हुन् ।

उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण मोरङका गंगा गौतमकी छोरी प्रशंसाको ज्यान गएको पीडित पक्षको दाबी छ । दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने र अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने पीडित पक्षको माग छ ।

गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबा गंगाले उपचारका लागि हिमाल अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालमा कार्यरत चिकित्सक डा. जयदेव यादवले कुनै परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षरसमेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ ।

धर्नामा सहभागीहरूले ‘हिमाल हस्पिटल मुर्दावाद’, ‘अपराधीलाई कारबाही गर’, ‘प्रशंसालाई न्याय दे’ जस्ता नारा लगाइरहेका छन् ।

पीडित गौतमले चिकित्सक यादवको लाइसेन्स खारेज गर्न र आफूहरूलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्दै गत फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन् ।