सांसद हाजिर लगाएर किन संसद् बंक गर्छन् ?
उहाँहरूको पार्टीले नै त्यस्तो गर्न भनेको हो कि ? संसद्भित्र त सांसदले सरकारको ध्यानाकर्षण गराउने, कानुन निर्माणमा सहभागी हुने काम हो । तर, ०७० देखि नै संसद् बंक गर्ने प्रचलन छ । गणपूरक संख्या पुगेन भनेर पटक–पटक आवाज उठाउँदै आएका छौँ, तर सुधार भएको छैन । अहिले पनि फेरि पुरानै रोग ब्युँतिएको छ । प्रधानमन्त्री र मन्त्री संसद्मा बसेर सांसदका गुनासो सुनेको भए, सांसद पनि बस्थे कि ! यसमा प्रधानमन्त्री र मन्त्रीको दोष पनि उत्तिकै छ ।
गणपूरक संख्या नपुग्दा के असर गर्छ ?
यसले मूलतः सरकारलाई नै असर गर्छ । संसद्को काम पनि प्रभावकारी हुँदैन । विभिन्न विधेयक वा अन्य कार्यसूची हुन्छन् । ती समयमै अगाडि बढ्दैनन् । कानुन निर्माणमा ढिलाइ हुँदा सरकारलाई असर गर्छ । यसको असर आमनागरिकमा पनि पर्ने नै भयो ।
यो अनुशासनको विषय पनि हो नि होइन ?
संसद्प्रति प्रधानमन्त्री र मन्त्री नै जवाफदेही छैनन् । सांसदहरू बजेटमा ध्यान दिन्छन् । कानुन निर्माणमा खासै चासो छैन । संसद्मा पुगेर कानुन बनाउन भूमिका खेल्छु, सरकारलाई खबरदारी गर्छु भनेर आइसकेपछि दायित्व त निर्वाह गर्नुप¥यो नि ।