बालुवाटारबाट बाहिरिए ओली

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटारबाट बाहिररिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच राष्ट्रपतिको निर्वाचनबारे दुई घण्टा लामाे छलफल भएकाे छ। 

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न आज बिहान मात्रै बालुवाटारमा तत्कालीन गठबन्धनका चार दलबीच छलफल भएको थियो। उक्त बैठक ५ बजे बस्ने गरी सकिएको थियो। 

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूसँग उनले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका थिए। 

 उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताउँदै राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गरेका थिए। 

सुझावित समाचार