राष्ट्रपति निर्वाचनका लागि मनोनयनको समय आउनै लाग्दा कांग्रेससहित चार दलका शीर्ष नेता छलफलका लागि बालुवाटारमा जुटेका छन् ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता बालुवाटारमा जुटेका हुन्। शीर्ष नेताहरूको छलफलमा राष्ट्रिय सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् ।
यसअघि यी राजनीतिक दलका नेताहरू छुट्टाछुट्टै छलफलमा थिए ।