माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक सुरु भएको छ। राष्ट्रपतिको विषयमा माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा तीन दलबीच छलफल सुरु भएको हो।
बैठकमा माओवादीबाट प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्ने, एकीकृत समाजवादीबाट माधव नेपाल, बेदुराम भुसाल र प्रमेश हमाल तथा जसपाबाट उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।
यसअघि आजै माओवादी र जसपाका शीर्ष नेताहरूबीच छलफल भएको थियो। छलफलमा जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक देखिएकाे उपेन्द्र यादवको दाबी छ।