धेरैपछि सेयर बजारमा हरियाली, ३३ अंकले बढ्याे नेप्से

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

सेयर बजार परिसूचक नेप्से आज उच्च अंकको बढेको छ। आज नेप्से परिसूचक ३३.५७ अंकले बढेर दुई हजार ८०.३८ को विन्दुमा कायम भएको हो। 

आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता सेयर ३९ हजार नौ सय ९६ पटक खरिद–बिक्री हुँदा रु. एक अर्ब ८० करोड ३२ लाख ८२ हजारबराबरको कारोबार भएको छ।

आजको कारोबारपछि लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक क्रमशः ६१.५०, ०.०२ र ०.०८ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। 

त्यस्तै, जलविद्युत् समूह ९६.९२, लगानी समूह १.६३, उत्पादन समूह ७१.९० र अन्य समूह २६.२५ अंकले बढेको छ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडका सेयर कारोबारीले आज सबैभन्दा धेरै ९.८० प्रतिशतले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रु. १३ करोड २७ लाख ७५ हजारबराबरको सेयर खरिद–बिक्री भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने ग्लोबल आइएमई बैंकको दुई लाख २७ हजार चार सय ९७ कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार