एक महिनापछि बाजुरामा पुनः भूकम्प

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण
एक महिनापछि बाजुरामा पुनः भूकम्प

गत माघ १० मा गएको भूकम्पमा भत्किएकाे घर।

बाजुरामा आज दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्प गएको छ। गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो। 

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

 माघ १० गते मंगलबार दिउँसो ५.९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापक केन्द्र सुर्खेतको भनाइ छ। 

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन्। 

भूकम्पबाट प्रभावित बाजुराका पीडितको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन। 

सुझावित समाचार