राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शन तथा पूजा गरेकी छिन्। गण्डकी प्रदेशकै ऐतिहासिक धार्मिक पर्यटनको गन्तव्यको रूपमा रहेको मन्दिरमा भण्डारी राष्ट्रपति भएपश्चात् पहिलोपटक पुगेकी हुन्।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०:३० बजे बागलुङ पुगेकी भण्डारीले मन्दिरमित्रै गएर करिब १० मिनेट पूजाआजा गरेर फर्किएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

भण्डारीलाई गण्डकी प्रदेश सभाका सदस्यहरू, स्थानीय तहका प्रमुखहरू, जिल्ला समन्वय समिति बागलुङका प्रमुख, मन्दिर व्यवस्थापन समिति, बागलुङका प्रमुख जिल्ला अधिकारी, उद्योगी–व्यवसायी, राजनीतिक दललगायतले स्वागत गरेका थिए।

मूल पुजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा–आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए। भण्डारी बुधबार नै पर्वतको जलजलामा एक कार्यक्रममा सहभागी हुने जनाइएको छ।

तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका