कठिन समयमा रोहितको अर्धशतक

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

स्कटल्यान्डले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ धर्मराइरहेको छ । तर, कप्तान रोहित पौडेल क्रिजमा डटिरहेका छन् । 

रोहितले अत्यन्त कठिन समयमा अर्धशतक प्रहार गरेका छन् । यो उनको सातौँ अर्धशतक हो । जारी प्रतियोगितामा भने दोस्रो अर्धशतक हो । 

नेपाल नियमित अन्तरालमा विकेट गुमाएपछि दबाबमा परेको छ । ताजा अवस्थामा नेपालले आठ विकेट गुमाइसकेको छ । ३३ ओभरमा नेपालले एक सय ४३ रन बनाएको छ ।

त्रिकोणात्मक सिरिजका अघिल्ला तीन खेलमा सुदृढ प्रदर्शन गरेका ब्याटरले अन्तिम खेलमा भने निराशा बनाएका छन् । स्कटल्यान्डका बलरका अगाडि नेपाली ब्याटर कमजोर देखिएका छन् । 

सुझावित समाचार