चाडपर्वले सामाजिक सदभाव कायम राख्न मद्दत पुर्‍याउँछ : प्रदेश प्रमुख शर्मा

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपाली चाडपर्वहरूले आपसी भाइचारा, सामाजिक सदभाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्‍याएको बताएका छन् । 

मंगलबार शेर्पा समुदायको नयाँ वर्ष २१५०औँ ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् । ‘भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेका छन्,’ शुभकामना सन्देशमा उल्लेख छ ।

सुझावित समाचार