बिरुवालाई हराभरा राख्न के गर्ने ?

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

मानिस घरमा विभिन्न बिरुवा सजाउने गर्छन् । बोट–बिरुवाले वरपरको वातावरणलाई पनि हरियो बनाएर मानिसलाई सकारात्मक ऊर्जा दिने गर्छन् । तर, कतिपय अवस्थामा आवश्यक हेरचाह गर्न नसक्दा बिरुवाहरू सुकेर गइरहेका हुन्छन् । र, मानिस हैरान हुन्छन् । केही उपाय अपनाएर ओइलाएका बिरुवालाई फेरि हराभरा बनाउन सकिन्छ । 

  • बिरुवालाई सधैँ हराभरा राख्नका लागि समय–समयमा यसको गोडमेल गर्नुपर्छ । गमलामा रहेको माटोलाई गोड्नुस् र त्यसमा पानी हाल्नुस् । यस्तो गर्दा ओइलाएका बिरुवा फेरि फक्रन थाल्छन् । 
  • गमलामा सधैँ राम्रो गुणस्तरको माटो र मल हाल्नुपर्छ । जसकारण, बिरुवा राम्ररी फक्रन पाओस् । तपाईंले नर्सरीमा बिरुवा खरिद गर्दा कस्तो माटोमा उक्त बिरुवा फस्टाउँछ भन्नेबारे पनि जानकारी लिन जरुरी छ । 
  • जसरी मानिसलाई जीवित रहन आहार चाहिन्छ, त्यसरी नै बिरुवालाई पानी अत्यावश्यक छ । साँझ–बिहान पानी हाल्न नबिर्सनुस् । 
  • समय–समयमा बिरुवालाई काटछाँट गर्न पनि आवश्यक छ । कुनै बिरुवा गर्मी त कुनै बिरुवा चिसो हावाका कारण ओइलाउँछन् । त्यसरी ओइलाएर सुकेका पातलाई काटछाँट गर्नुपर्छ । किनकि, ओइलाएर सुकेका पातले पनि बिरुवाबाट पोषण लिइरहेका हुन्छन् । त्यसको काटछाँट गर्नुभएन भने हरियो पातलाई पनि पोषण अभाव हुन्छ र सुक्न थाल्छ । 

सुझावित समाचार