- स्किन ड्राई वा ओइली छ भने त्यसअनुसार मेकअपको तयारी गर्नुपर्छ । ड्राई स्किन र ओइली स्किनका लागि बजारमा विभिन्न किसिमका सामग्री पाइन्छन् । लोटस ब्रान्डको फेसियल किट नै चल्तीमा छ ।
- सामान्यतया विवाह गर्नुभन्दा एक हप्ताअघि बेहुलीको फेसियल गर्नुपर्छ । चिल्लो, सुक्खा वा मिश्रित छालाका लागि छुट्टाछुट्टै फेसियल क्रिम पाइन्छन् । गोल्ड फेसियल र डाइमन्ड फेसियल प्रयोग गर्दा पनि राम्रो हुन्छ ।
- एक्ने स्किनका लागि एक्ने प्रोन फेसियल बजारमा पाइन्छ । मुख्यतः स्किनको बनावटअनुसार फेसियल क्रिम प्रयोग गर्नुपर्छ । जसले गर्दा ड्राई र ओइली छ भने पनि स्किनलाई स्मुथ बनाउन सघाउँछ ।
- विवाहको दिन मुख धोएपछि अनुहार सुक्खा पारेर स्किन प्रामइर र मोस्चराइजर लगाउनुपर्छ । मेकअप गर्दा मोस्चराइजर अनिवार्य लगाउनुर्छ ।
- मोस्चराइजर लगाएको केही छिनमा सनब्लक लगाउनुपर्छ ।
- आँखा तल डार्क सर्कल छ भने एल्लो कन्सिलरले छापिदिने ।
- सनब्लक लगाएको केही छिनमा प्राइमर लगाउने । प्रामइरले फेसलाई स्मुथ गर्ने र मेकअपलाई लामो समयसम्म टिकाउने काम गर्छ ।
- प्राइमर लगाइसकेपछि आँखाको तल्लो भागमा डार्क सर्कल छ भने ओरेन्ज कलर कन्सिलर प्रयोग गर्नुपर्छ ।
- कलर कन्सिलरपछि फाउन्डेसन लगाउनुपर्छ । फाउन्डेसन कन्सिस्टेन्सी हाई भएको प्रयोग गर्नुपर्छ ।
- ब्लस र हाइलाटर लगाउनुपर्छ ।
- सेटिङ स्प्रेको सहायताले मेकअपलाई लक गर्नुपर्छ ।
- आई ल्यासेस छुटाउनै हुँदैन । बजारमा बेहुलीको मेकअपका लागि विशेष आई ल्यासेस पाइन्छन् । म्याच हुने खालको लगाउँदा हुन्छ ।
- स्किन प्रेप भइसकेपछि फाउन्डेसन लगाउनुपर्छ । ड्राई स्किन र ओइली स्किनका लागि छुट्टाछुट्टै फाउन्डेसन पाइन्छन् । स्किनको बनावटअनुसार यसको प्रयोग गर्नुपर्छ ।
- आँखाको इनर कर्नरमा हल्का ग्लिटरी खालको र आउट कर्नरबाट डार्क सेट लिएर हाफकट क्रिज वा एल्लो लुक्सले टचअप गर्नुपर्छ ।
- लिपस्टिक राम्रो क्वालिटीको प्रयोग गर्नुपर्छ । बेहुलीलाई रेड कलरको लगाइदिने, जसले मेकअप थप अकर्षक देखिन्छ ।
- गाजल लगाउन छुटाउनु हुँदैन । निधारमा टीका पनि लगाइदिँदा हुन्छ ।
कस्तो हेयर स्टाइल ?
बेहुलीको हेयर स्टाइल अरूभन्दा भिन्न र आकर्षक हुनुपर्छ । पछिल्लो समय रसियन हेयर स्टाइल नै बढी प्रचलनमा छ । फेसको बनावटअनुसार हेयर स्टाइल र जुरो बनाउनुपर्ने हुन्छ । जुरो बनाउँदा बेहुलीको शारीरिक उचाइ र अनुहारको सेपलाई आधार मान्नुपर्छ । अग्लो शरीर छ भने जुरो होचो खालको बनाउनुपर्छ । धेरै पफ उठाउनु हुँदैन । यसले बेहुलीको उचाइ मेन्टेन गर्छ । त्यस्तै, होचो कदकी बेहुलीले जुरोको हाइट बढाउनुपर्छ । उचाइ र अनुहारसँग मिल्ने गरी केही अग्लो जुरो बनाएर पफ माथि उठाइदिएपछि हाइट राम्रो देखिन्छ ।
नङपालिस
सामान्य नङपालिस आफैँ पनि लगाउन सकिन्छ । तर, बेहुलीले नङपालिस पार्लर वा मेकअप स्टुडियो गएर लगाउँदा राम्रो हुन्छ । अहिले जेल पालिसको ट्रेन्ड पनि छ । जेल पालिसमा तपाईंको इच्छाअनुसार नेल आर्ट गर्न पनि मिल्छ । जेल पालिस नलगाउँदासम्म बेहुलीको मेकअक पूर्ण हुँदैन । यदि तपाईंको नङ लामो छ भने जेल पोलिस मात्रै अप्लाई गर्दा हुन्छ । तपाईंको नङ छोटो छ र तपाईंलाई लामो बनाउने मन छ भने एक्स्टेन्सन पनि गर्न सक्नुहुन्छ । यो त्यति महँगो हुँदैन ।
मेहदी
बेहुलीका लागि मेहदी झन् महत्वपूर्ण हुन्छ । विवाहका लागि मेहदीको डिजाइन नै फरक हुन्छ । दुवै हातमा मेहदीको बुट्टा भर्नुपर्छ । बेहुला र बेहुलीको नाम लेख्ने चलन पनि छ । खुट्टामा पनि हेभी मेहदी लगाउनुपर्ने हुन्छ ।