ग्यास्ट्रिक हुने कारण धेरै छन् । अस्वस्थकर खानपान र खराब जीवनशैलिका कारण अधिकांशमा ग्यास्ट्रिक हुने गरेको पाइन्छ । नियमित खानपान नहुनु, अत्यधिक चिल्लो, पिरो, अमिलो, मसलेदार खाना खानु, लामो समयसम्म पेट खाली राख्नाले ग्यास्ट्रिक उत्पन्न हुन्छ । रगत, दिसा, पिसाब जाँचेर ग्यास्ट्रिक भए/नभएको पत्ता लाग्दैन । पेटभित्र कुनै समस्या छ/छैन भनेर इन्डोस्कोपी गर्नुपर्छ । यसबाट अम्लका कारण पेटमा घाउ भए/नभएको थाहा पाउन सकिन्छ ।
लक्षण
- नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने
- सास गनाउने
- ढ्याउढ्याउ र डकार आउने
- बान्ता हुने
- पेट दुख्ने
- पेट फुल्ने
- मुखबाट अमिलो
- पानी आउने
- खाना खाएपछि
- अप्ठ्यारो हुने
- अपच
- कब्जियत हुने
के गर्ने, के नगर्ने ?
- लामो समय खाली पेट नबस्ने
- नियमित खाना खाने, थोरै खाने, समयमा खाने, दुई–तीन घन्टाको फरकमा खानेकुरा खाने
- फलफूल, र हरियो सागसब्जी प्रशस्त खाने
- गेडागुडीलगायत कम एसिडिटी भएका खाद्य पदार्थ खाने
- धेरै चिल्लो, अमिलो, पिरो खानेकुरा नखाने
- बोसोजन्य खानेकुरा नखाने
- जंकफुड नखाने
- अत्यधिक मात्रामा चिया, चुरोट र कफी नपिउने
- मद्यपान नगर्ने
- प्रशस्त पानी पिउने
- धेरै तनाव नलिने
- नियमित व्यायाम गर्ने
- जथाभावी दुखाइ कम गर्ने औषधि सेवन नगर्ने
- थप समस्या परेमा चिकित्सकको सल्लाहमा औषधि उपचार गर्ने ।