राष्ट्रिय स्रोत अनुमान समितिको काम के हो ?

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले राष्ट्रिय स्रोत अनुमान समितिको मुख्य आठवटा काम, कर्तव्य र अधिकार तोकेको छ ।

समितिले नेपाल सरकार, प्रदेश र स्थानीय तहको खर्च, राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनको वर्तमान अवस्था, बजेट कार्यान्वयनको समीक्षा गरी उपलब्ध हुन सक्ने स्रोतको आकलन गर्ने, आवधिक योजना, मध्यमकालीन खर्च संरचना र सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी तीन आर्थिक वर्षको खर्च र सम्भाव्य आर्थिक वृद्धि, राजस्व र अन्य स्रोत परिचालन र बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थासमेत विश्लेषण गर्ने नियमावलीले व्यवस्था गरेको छ । 

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको विश्लेषण गरी त्यसबाट राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनमा पर्न सक्ने प्रभाव आकलन गर्ने, राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनसम्बन्धी प्रतिवेदन तयार गरी अर्थ मन्त्रालय पठाउने नियमावलीमा उल्लेख छ । 
 

सुझावित समाचार