नेपाल - नामिबिया भिड्दै, सन्दीपले लिए दुई विकेट

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दैछन् । 

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी खेलमा अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि नामिबिया ब्याटिङमा आएको हो । 

ताजा अवस्थामा नामिबियाले २५ ओभरमा दुई विकेट गुमाएर ९८ रन बनाएको छ । नामिबियाले दुवै ओपनर ब्याटरलाई गुमाएको छ । दुवै विकेट सन्दीप लामिछानेले लिएका हुन् । 

पाँच ओभर बलिङ गरेका सन्दीपले १५ रन दिएर दुई विकेट लिएका छन् । नेपाली बलिङमा आज पनि सन्दीपसँगै सोमपाल कामी, करण केसी, गुलसन झा, कुशल मल्ल र दीपेन्द्रसिंह कामीको प्रयोग भएको छ । 

यसअघि नेपाल र नामिबियाबीच शृंखलाको पहिलो खेलमा भिडन्त भएको थियो । सो भिडन्तमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । 

आइसिसी वर्ल्ड क्रिकेट लिग २ को च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई समेत हराएको नेपाल आज उच्च मनोबलसहित मैदानमा छ । तर, बलरहरूले आज धारिलो बलिङ प्रदर्शन गर्न सकिरहेका छैनन् ।

सुझावित समाचार