सांसद भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण
सांसद भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न

फाइल तस्बिर

घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको दुबै खुट्टाको सर्जरी सम्पन्न भएको छ ।

मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको दुबै खुट्टाको सर्जरी सम्पन्न भएको अस्पतालमा रहेका उनका सहयोगी योगराज कँडेलले जानकारी दिएका छन् ।

‘पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ । मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइअनुसार चन्द्र दाइको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेको कारण सोचेभन्दा धेरै समय सर्जरीमा लाग्यो, तर बायाँ खुट्टा माईल्ड रहेको छ,’ कँडेलले फेसबुकमा लेखेका छन् ।

सुझावित समाचार