जुनियर डेविस कप टेनिसमा भाग लिन नेपाली टोली श्रीलंकातर्फ

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ ।

प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ छात्र  र २ छात्रा रहेका छन् । पोखराका सृजन भट्टराई, आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान टोलीमा रहेका छन् ।

उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले विदाइ गरिन् । श्रीलंकाको कोलम्बोमा फेब्रअरी २० देखी २५ सम्म प्रतियोगिता संचालन हुनेछ ।

सुझावित समाचार