कोदोको पिज्जा यसरी बनाउनुस्

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

कोदोको पिठो, शाकाहारी वा मांसाहारी छोइला र नेपाली चिज हालेर तयार गरिने नेपाली पिज्जा धेरैको रोजाइमा पर्ने गरेको छ । नेवारी छोइला टपिङ गरेर यो पिज्जा सर्भ गर्ने गरिन्छ ।

सामग्री : कोदोको पिठो सात सय ग्राम, मैदा ३०० ग्राम, इस्ट १० ग्राम, नुन १० ग्राम, हल्का मनतातो पानी आधा लिटर, चिनी डेढ चम्चा, तोरीको तेल दुई चम्चा, नेपाली याक या कान्चन चिज ३५० ग्राम, नेपाली स्वादको गोलभेँडाको अचार आवश्यकताअनुसार, धनियाँ सात–आठ पत्ता । माथिका सम्पूर्ण सामग्री हालेर पिज्जाको पिठो मुछ्नुस् र तीनदेखि चार घन्टा रुम टेम्प्रेचरमा छोपेर राख्नुस् । मुछेको पिठो केही मात्रामा फुलेपछि १०० ग्रामका डल्ला बनाउनुस् र बेलेर केही बेर ओभन या प्यानमा पकाउनुस् । त्यसपछि नेपाली स्वादको गोलभेँडाको अचार हालेर तयारी अवस्थामा राखिएको मोलेको च्याउ छोइला या चिकेन छोइला टपिङ गरेर माथिबाट नेपाली याक चिज या कन्चन चिजले ढाकेर फेरि ओभनमा पकाउनुस् । 

यदि तपाईं प्यानमा पिज्जा पकाउँदै हुनुहुन्छ भने ननस्टिक प्यानमा मधुरो आच गरी छोपेर पकाउन सक्नुहुन्छ । पिज्जा पाकेपछि धनियाँको पत्ता छर्दिनुस् अनि काटेर अन्तमा पिरो नेपाली गोलभेँडा अचारसँगै सर्भ गर्न सक्नुहुन्छ ।

सुझावित समाचार