केसर र दूधको फेसप्याक तयार गर्न निकै सजिलो छ । दुई चम्चा दूधमा एक चम्चा केसर मिलाएर राख्नुस् । यस प्याकलाई अनुहार र गर्दनमा लगाउनुस् । प्याक सुकाउनुस्, सुकिसकेपछि यसलाई हल्का मनतातो पानीले धोएर सफा गर्नुस् ।
फाइदा
- केसर र दूधको फेसप्याकको नियमित प्रयोगले चाउरीपना कम गर्छ । यसले कोलाजिकको उत्पादन बढाउँछ, जसकारण छाला जवान र सुन्दर देखिन्छ ।
- तपाईंको छाला अति सुक्खा छ भने यो फेसप्याक लगाउनु उत्तम हुन्छ । एकातर्फ केसरले रक्तसञ्चार राम्रो गराउँछ, अर्कोतर्फ दूधले मोस्चराइज गराउँछ ।
- तपाईंको अनुहारमा दागधब्बा छ भने त्यसलाई यस फेसप्याकको प्रयोगले कम गर्दै लैजान्छ ।
- छालालाई टाइट गर्नका लागि पनि यस प्याकको प्रयोग गर्नु राम्रो हुन्छ । केसरमा एन्टिब्याक्टेरियल गुण पाइन्छ, जसले दागधब्बालाई ठीक गर्छ ।