आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो म्याचमा अहिले नेपाल र नामिबिया भिडिरहेका छन् ।
दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ड्रिंक ब्रेकलगत्तै विकेट गुमायो । सानदार ब्याटिङ गरिरहेका कप्तान रोहित पौडेल ३४औँ ओभरको पहिलो बलमा ७२ रन बनाई आउट भए । ७५ बलको सामना गरेका रोहित पुल गर्ने क्रममा बलरको हातबाट समातिए ।
अहिले क्रिजमा ओपनर ब्याटर कुशल भुर्तेल र कुशल मल्ल छन् । ताजा अवस्थामा नेपालले तीन विकेट गुमाएर एक सय ८९ रन बनाएको छ ।