आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत अहिले नेपाल र नामिबियाबीचको खेल जारी छ ।
त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो म्याचमा नेपाल जितका लागि दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ ।
अहिले नेपालको क्रिजमा ओपनर ब्याटर कुशल भुर्तेल र कप्तान रोहित पौडेल छन् । अर्धशतक पूरा गरेका दुवै ब्याटर शतकतिर अघि बढेका छन् ।
आफ्नो चौथो अर्धशतक बनाउने क्रममा कुशलले ५१ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका थिए । यस्तै, रोहितले ४७ बलमा चार चौका र तीन छक्काको सहायताले अर्धशतक बनाए ।