गाउँसहरमा जातीय पहिचानसहितको शिल्पी संग्रहालय निर्माण

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

लमजुङको पर्यटकीयस्थल गाउँसहरस्थित थुम्काडाँडामा जातीय पहिचानसहितको शिल्पी संग्रहालय निर्माण गरिएको छ । पहाडी दलित समुदायको पहिचानको रूपमा प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको सहयोगमा संग्रहालय निर्माण गरिएको हो ।

संग्रहालय कुल ३८ लाख लागतमा  निर्माण भएको हो । संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट १० लाख, बेँसीसहर नगरपालिकाबाट ६ लाख ३३ हजार चार सय ६० रुपैयाँ, सांसद विकास कोषबाट एक लाख ५० हजार रुपैयाँ, तत्कालीन भूसंरक्षण कार्यालयबाट ७५ हजार ६ सय ४५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको संग्रहालयका अध्यक्ष अजय मजाकोटीले जानकारी दिए ।

उनका अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीय, स्थानीय आमा समूह, युवा क्लबलगायतबाट संग्रहालय निर्माणका लागि १६ लाख ९६ हजार आठ सय ९५ रुपैयाँ रकम संकलन भएको थियो ।

पहाडी दलितहरूलाई लक्षित गरेर पूर्वजहरूले बनाएका वस्तुहरू संग्रहालयमा राखिएको छ । आगामी दिनमा संग्रहालयमा दलित जातिमा नाम कमाएका व्यक्तिहरूको इतिहास राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले बताए ।

सुझावित समाचार