स्मार्ट वाचको सहयोगमा म्यासेज, कल जिपिएस र सामाजिक सञ्जाल पनि चलाउन मिल्छ । तर, यो घडी मोबाइल र एप्ससँग जोडिएको हुनाले साइबर एट्याक हुने खतरा पनि उत्तिकै रहन्छ । कहिलेकाहीँ ह्याकर्सले तपाईंको मोबाइलको डाटा चोर्न सक्छ । त्यस्तै, कम्पनीको वेबसाइट ह्याक गरेर उनीहरूले सबै डाटा पनि निकाल्न सक्छन् । त्यसैले यसको सुरक्षित प्रयोग जरुरी छ ।
- घडी सुरक्षित राख्न मोबाइल सुरक्षित राख्नुस् । सार्वजनिक स्थलमा वाइफाई कनेक्सन नगर्नुस् ।
- संवदेनशील स्थानमा जाँदा ट्र्याकिङ बन्द गर्नुस् । यो सुविधामा लगभग सबै स्मार्ट वाचमा हुन्छ ।
- घडीको उपयोग नभएका वेला यसलाई बन्द गर्नुस् वा फोनको ब्लुटुथ कनेक्सन बन्द गर्नुस् । नचिनेका मानिसबाट आउने कुनै पनि पेयरिङ रिक्वेस्टलाई स्वीकार नगर्नुस् ।
- आफ्नो मोबाइल र स्मार्ट वाचको सफ्टवेयर अपडेट राख्नुस् । ताकि, ह्याकर्सले सुरक्षा कमजोरीको फाइदा उठाउन नसकोस् ।
- घडीको जिपिएस अन हुँदा तपाईंका गतिविधिहरू पनि ट्र्याक भइरहन्छ । त्यसैले सेटिङमा गएर लोकेसन सर्भिस बन्द गर्नुस् ।
- स्मार्ट वाचको डाटा दैनिक डिलिट गर्नुस् । रातको समय ह्याकर्स अत्यधिक सक्रिय रहन्छन् । त्यसैले यस दौरान मोबाइलको इन्टरनेट बन्द राख्नुस् र घडी बन्द गर्नुस् ।